नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुँदै

काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुको आज पद तथा गोपनियताको सपथ हुँदैछ । राष्ट्रपति निवास, शितलभवनमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनियताको सपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सपथ ग्रहण बिहान १० बजे हुनेछ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।

प्रचण्ड सरकारमा माओवादी केन्द्रबाट पाँच मन्त्री र एक राज्यमन्त्री छन् । नेपाली कांग्रेसबाट नौ मन्त्री छन्। नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । यस्तै, जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट एकरएक मन्त्री छन् ।