एजेन्सी – फिफा विश्वकपअघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई २–१ ले हराएको छ। घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइसाओले गोल गरे। नाइजेरियाका अकोर एडम्सले एक गोल फर्काए। खेलको सुरुआतमै क्रिस्टियानो रोनाल्डोले गोल गर्ने राम्रो अवसर गुमाए। त्यसपछि २३औँ मिनेटमा डियोगो डालोटको पासमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। The post विश्वकपअघि पोर्चुगलको जित first appeared on हाम्रो खेलकुद.