आजको शेयर बजार : नेप्से १६.४९ अंकले बढ्यो, कारोवार रकम कति ?

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दु कायम भएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५८ अंकले बढेर ३७१.३१ विन्दुमा पुगेको छ ।

नेप्सेमा कूल २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ। बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेर हरियाली छाएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज १४ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश स् नेसनल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।