सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी : यादव

काठमाडौँ - जसपा अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले संघीय संसदमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको टिप्पणी गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त नीति तथा  कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्ने जस्तो खोजिएको देखिएको बताए ।

प्रदेश र स्थानीय सरकारलाई नियन्त्रण गर्न खोज्ने कार्य संघीयताको मूल मर्म र भावनाविपरीत रहेको भन्दै उनले प्रदेश र स्थानीय तह संघका पार्टनर रहेका, तर इकाइ नभएका बताए ।