नक्कली शरणाार्थी प्रकरणमा कसैलाई छाड्नु हुँदैन : गगन थापा

काठमाडौँ - कांग्रेस सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका जोसुकै भए पनि उनीहरुमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।