फुटबल महाकुम्भको भव्य सुरुवात तयारी

  • बिहीबार २८ जेठ २०८३ ०७:०१ AM
काठमाडौं : विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको २३औं संस्करण नेपाली समयअनुसार शुक्रबार बिहानदेखि सुरु हुँदैछ। विश्वकप इतिहासमै पहिलोपटक तीन देशको १६ सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिनासहित ४८ राष्ट्रको सहभागिता छ। करिब एक महिना चल्ने विश्वकपमा सहभागी ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। छनोट चरणको यात्रा पार गरेर युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका ए