रबि लामिछानेलाई निर्वाचन आयोगले  सोध्यो स्पष्टीकरण

काठमाण्डौँ - निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर-२ मा उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै लामिछानेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिए लगत्तै लामिछानेले जवाफ पनि आयोगमा पठाइसकेका छन् । मतदानका क्रममा लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरेको आरोप लगाउँदै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको थियो ।