लुम्बिनी सरकार ढल्यो,  विश्वासको जम्मा ३३ मत पाउँदा मुख्यमन्त्री गिरी पदमुक्त !

 काठमाण्डौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । प्रदेशसभामा बहुमत पुष्टि गर्न नसकेपछि गिरी पदमुक्त भएका हुन् । ८७ सदस्यीय प्रदेशसभामा गिरीले जम्मा ३३ मत पाएका थिए । बहुमतका लागि ४४ मत आवश्यक थियो । विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो ।