बारा-२ मा कहिलेबाट सुरु हुँदैछ मतगणना ? 

काठमाण्डौँ - प्रतिनिधि सभा सदस्यका लागि आइतबार उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ को मतगणना आज सोमबार बिहान ११ बजेबाट हुने भएको छ ।

मतगणना गर्ने बारे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।