(अपडेट)फ्लाइ दुबईको जहाज सुरक्षित, पाइलटले काठमाडौंमा अवतरण गराएनन्

काठमाडौं - काठमाडौंबाट दुबईका लागि उडेको फुलाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ गएको छ।

फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

पर्यटनमन्त्री सुदन किरातीले पनि सामाजिक सञ्जाल मार्फत विमान सुरक्षित रुपमा गन्तब्य तर्फ गएको जानकारी गराएका छन्।

१६२ जना यात्रु बोकेको फ्लाई दुबईको विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो।

उडेको केहिबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्ने प्रयास पमेत गरेको थियो।