तनहुँ-१ उपनिर्वाचन : रास्वपाका डा. वाग्लेको अग्रता कायमै

दमौली - आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । 

हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन् ।