संसदको चालु अधिवेशन वैशाख १५ गतेसम्म मात्र चलाउने सहमति

 काठमाडौँ - संसदको चालु अधिवेशन वैशाख १५ गतेसम्म मात्र चलाउने सहमति दलहरुबीच भएको छ । सिंहदबारमा भएको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले यस्तो सहमति गरेका हुन् ।

सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले वैशाख १५ गतेसम्म यो अधिवशेन चल्ने बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि यो अधिवेशन अब एकरदुई दिनमात्र चल्ने बताए । 

सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नु पर्नेछ । संवैधानिक व्यवस्था भएका कारण उक्त समयमा बजेट पेस गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गर्ने सहमति दलहरुले गरेका हुन् ।