सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?  

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।