चितवन-२ मा ८ बजे सर्वदलीय बैठक बसेपछि गणना सुरु हुने,बारा–२ मा बैठक बस्दै 

काठमाण्डौँ - चितवन–२ को मतगणना सुरु गर्नका लागि सोमबार बिहान ८ बजेका लागि सर्वपलीय बैठक आह्वान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै सोमबार बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक तय भएको जानकारी गराएको छ । 

बैठकमा सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि गरी २ जनाका दरले उपस्थितिका लागि अनुरोध गरिएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको सम्पूर्ण मतपेटिका संकलन गरेर मतगणना स्थलमा लगिएको भए पनि कांग्रेसका अडानका कारण साँझ बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेन । 

कांग्रेसले रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध परेको उजुरीको छिनोफानो नभएसम्म आफूहरुले मतगणना हुन नदिने अडान लिएको छ । चितवन २ मा लामिछाने, कांग्रेसका जितनारायण बस्नेतसहित २२ जना उम्मेदवार रहेका छन् । 

यस्तै  उपनिर्वाचनको मतगणनाबारे निर्णय गर्न बारा–२ मा सर्वदलीय बैठक बस्दै छ ।