नयाँ आईजीपी छान्न मन्त्रिपरिषद्को बैठक आज बस्दै

 

काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ ।

बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार दिउँसो ४ बजेका लागि सारिएको हो ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदै छन् । सिंहलाई शुक्रबार नै बिदाई गरिँदैछ ।

सिंहको अवकाशसँगै नेपाल प्रहरीको ३० औं आईजीपी बन्न ५ जना ए।आई।जी।हरुबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।