सहकारीमा देखिएको समस्या समाधान गरेरै छाड्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा देखिएको समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए।

सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने  उनको भनाइ छ । 

गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए।

उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ। सहमति कार्यान्वयनमा आउँछ।” देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो। सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए।