जनसंख्या व्यवस्थापन विशेष कार्यक्रम ल्याउने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौँँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै उनले, नेपालमा जनसंख्याको वृद्धी सन्तुलित नभएको भन्दै त्यस्को व्यवस्थापनका लागि अवाश्यक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले भने ‘हाल प्रस्ट रुपमा देखिएको जनसाङ्ख्यिक परिवर्तन बमोजिमका जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रमहरु सञ्चालन गर्न जनगणनाबाट प्राप्त तथ्यांकबाट सहयोग पुग्ने विश्वास लिएको छु।’

कम उमेरका व्यक्तिहरुको संख्या क्रमशः घटेको र बढी उमेरका व्यक्तिहरुको संख्या क्रमशः बढेको देखिएकोमा चिन्ता व्यक्त गर्दै उनले समग्र जनसङ्ख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको बताए।