राष्ट्रपतिबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं - राष्ट्रपतिबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दैछ । 

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउनेबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज निर्णायक छलफल गर्ने जनाइएको छ ।