बालुवाटारमा जारी चार दलको बैठक विना निष्कर्ष टुंगियो, आज बेलुका पाँच बजे फेरि बस्ने 

 काठमाडौँ - नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बालुवाटार बैठक विना निष्कर्ष टुंगिएको छ ।

राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले ठोस सहमति जुटाउन नसकेको बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत शिर्ष नेतृत्वको उपस्थिति रहेको थियो ।

नेकपा एसले अध्यक्ष माधवकुमार नेपाललाई भावी राष्ट्रपतिका रुपमा अघि सारेको छ भने कांग्रेसले पनि सो पदमा आफ्नो दाबी गरिरहेका बेला सहमति खोज्ने प्रयास गर्न बसेको बैठक फेरि पाँच बजे बस्ने बताइएको छ ।