काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी

काठमाडौं - काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढाएको छ। १४ फागुनमा हुने संघको १७औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

जसका लागि आफ्नो नेतृत्वमा प्यानलसहित कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन्। गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई काफ्ले, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उप महासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन्। त्यसैगरी, उप-महासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन्।

उम्मेदवारी घोषणा गर्दै गौतमले धरासयी बनेको व्यवसायलाई माथि उकास्ने र यसका लागि सबै व्यवसायीसँग छलफल गर्ने बताए। विभिन्न ऐन तथा नीति नियमका निर्माण व्यवसायी पेशा धराशायी बनेको बताउँदै उनले ऐन तथा नीति नियम परिमार्जन गर्न आफूले पहल गर्ने बताए।

२५ वर्षदेखि क्रियाशील रहेकाले अध्यक्षमा आफ्नो दाबेदारी रहनु स्वभाविक रहेको बताएका उनले व्यवसायीको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाए।

उनले शान्तकुमार श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।