तीन जना असई सहित  सम्पर्कविहीन २४ प्रहरीलाई सातदिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । तीन जना असई सहित सम्पर्कबिहीन रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएके छ ।

आज एक सूचना जारी गर्दै तीन जना प्रहरी सहायक निरीक्षक (असई), तीन जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक जवान  एक महिनाभन्दा बढीसमयदेखि आफुखुसी गैरहाजिर रहेकाले तुरुन्त सम्पर्कमा आउन  प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले खोजतलास गर्द पनि सम्पर्कमा आउन नचाएको जनाउँदै स्पष्टिकरणसहित सातदिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । तोकिएको समय भित्र सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने  सूचनामा भनिएको छ ।