पोखरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

काठमाडौ । पोखराको चिसाखोला नजिक  जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।

बुधबार बिहान मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दूध बोक्ने सिंगल क्याप बोलेरो नियन्त्रण गुमेपछि सडकबाट २० फिट तल खसेर दुर्घटना भएको हो ।

पोखरा महानगरपालिका १८ स्थित चिसाखोला नजिक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । विकको अनुसार  पोखरा १८ ग्यारजाती बस्ने ४९ वर्षका कृष्णबहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिपमा सवार ६९ वर्षकी हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापाको उपचार भइरहेको छ । घाइते दुवैलाई टाउको र ढाडमा चोट लागेको छ ।