२२ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौँ । २२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा काठमाडौँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई  टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकीलाई  प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा महिलामाथि बलात्कार गरेको उजुरी छ । सोही आधारमा प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको हो । 
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।