तमसुक दर्ता नगरेपछि साहुहरुले गरे वडा कार्यालयमा तालाबन्दी

काठमाडौँ ।  वडाध्यक्षले कपाली तमसुक दर्ता नगरिदिएको भन्दै महोत्तरीको औरही नगरपालिका(२ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपछि हिजोआज मधेशका धेरै जिल्लाका वडा कार्यालयमा भिड बढेको छ ।

तर वडाध्यक्ष दरेश यादवले आफूहरुको तमसुक दर्ता नगरिदिएको भन्दै स्थानीय साहु महाजनहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।  महोत्तरीको औरही नगरपालिका २ बस्ने जग्दीश यादवले स्थानीय २३  जना साहुबाट ऋण लिएका छन् ।

उनी आफ्नो भाइ भएका कारण वडाध्यक्ष दरेश यादवले कपाली तमसुक दर्ता गर्न नमानेको र लिएको ऋण फिर्ता नगर्न खोजेको भन्दै साहुहरुले तालबान्दी गरेका हुन् । उनीहरुले औरहीमा जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।