काठमाडौँ । ‘भक्तराज राष्ट्रिय संगीत सम्मान २०८२’ बाट चार कलाकार सम्मानित भएका छन् । आइतबार भक्तराज आचार्य संगीत प्रतिष्ठानले एक कार्यक्रममा बीच गायिका मीरा राणा, संगीतकार सीके रसाइली, दीपक थापा र पवन मैनालीलाई सम्मान गरेको हो । गायिका मीरा राणा र संगीतकार सीके रसाइलीलाई नगद १ लाख १ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको छ ।