पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त

  • बिहीबार २८ जेठ २०८३ ०१:०० AM
काठमाडौं : फुटबल खेलाडी विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् ( राखेप)को उपाध्यक्षमा नियुक्त भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उनलाई उपाध्यक्षको पदमा नियुक्त गरेका हुन्। पूर्व राष्ट्रिय खेलाडी विशाल श्रेष्ठले बुधबार नै खेलाडी जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् सामाजिक सञ्जालमार्फत उनले सन्यासको घोषणा गरेका थिए। उनले २०८० पुष ७ गते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका थिए तर घरेलु फुटबलमा मछिन्द्र फुटबल क्लबबाट खेल्दै आएका उनले अन्ततः खेलाडी जीवनबाटै सन्यास लिएका थिए