काठमाडौंमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजेर अनैतिक गतिविधि गराउने १६ पक्राउ

  • मङगलबार २६ जेठ २०८३ ०९:१३ PM
काठमाडौं : काठमाडौंमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका-२ घर भई काठमाडौं बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाहीको लालबन्दी नगरपालिका-१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका-८ का २८ वर्षीय विवेक स्याङ्तान तथा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका-९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।यस्तै पेमा लामा, अन्जली धिमाल, लक्