काठमाण्डु – जिल्ला अदालत काठमाण्डुको लेटरप्याड, न्यायाधीशको दस्तखत कीर्ते गरी मुद्दा खोल्ने र पुन: प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाण्डुको टोखा बस्ने २६ वर्षीय विवस अधिकारीले यसरी कीर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको