काठमाण्डु – विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रूप अन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ । १ वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ । २०२५ मेमा नेपालमा सेवा सुरु भएपछि याङ्गो राइडमार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ