उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको भेट

  • मङगलबार २६ जेठ २०८३ ११:५४ AM
काठमाण्डु- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सोही अवसरमा उपराष्ट्रपति यादवले सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल