नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप हुने

  • मङगलबार २६ जेठ २०८३ ११:५४ AM
काठमाडौँ । आगामी शनिवार काठमाडौँमा नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल क्लाइम्बिङ स्पोर्ट संघको आयोजनामा जेठको ३० गते एकदिने नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप हुन लागेको हो । काठमाडौंको कालोपुलस्थित स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।