काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले कुनै पनि नागरिकमाथि अपमान, चरित्रहत्या वा आधारहीन आरोप लगाउनेविरुद्ध कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आफूविरुद्ध जस्तोसुकै आरोप आए पनि सहन सक्ने तर नेपाली नागरिक र विशेषतः चेलीबेटीमाथि हुने अपमान र चरित्रहत्या कदापि नसहने बताए। 'म त थेग्न सक्छु, तर हाम्रा नेपाली दिदीबहिनी र छोरीहरूलाई चरित्रहत्या गर्ने प्रयास भयो भने गृहमन्त्रालय संवेदनशील बन्छ। आइन्दा कुनै पनि