गृहमन्त्री गुरुङको निर्णय: जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गरिने

  • मङगलबार २६ जेठ २०८३ ०७:४९ PM
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन्। गृहमन्त्री गुरुङले आज पदभार सम्हाल्दै जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका हुन्। योसँगै उनले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने, केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने लगायतका निर्णय पनि गरेका छन्।