काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्।शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन्।मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङ र पुनलाई मन्त्रीका लागि सिफारिस गरेका थिए। राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।गुरुङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री थिए। सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न सरकारले समिति पनि गठन ग