एम्बापेको फ्रान्सलाई हालान्डको नर्वेसँगै सेनेगल र इराकको चुनौती

  • मङगलबार २६ जेठ २०८३ ०५:४७ PM
काठमाडौं : फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ । सन् २००२ मा साविक विजेताको रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स सोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । जुन नतिजाको खुशीले डाकारका सडकहरुलाई एउटा नृत्य महोत्सवको रुप दिएको थियो । सन् १९९८ र २०१८ को च्याम्पियन फ्रान्स यसपालि तेस्रो उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको छ । प्रतियोगिताका थुप्रै दाबेदारमध्ये फ्रान्स