नेपाली सामग्रीको निर्यात बढ्यो, कुन देशमा कति ?

  • मङगलबार २६ जेठ २०८३ ०५:४७ PM
काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब साढे २ खर्ब बराबरको सामग्री निर्यात भएको छ। कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आर्थिक वर्ष २०८२/८३ वैशाखसम्ममा २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको थियो।गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः  १६.१ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भए