सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” प्रदान गरियो। सो सम्मान गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सि के रसाईलीलाई जनही नगद पुरस्कार रु १००,००१ सहित प्रदान गरिएको छ। नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर भएको भन्दै क्यान्सर समाजका लागि उक्त पुरस्कार रकम हस्तान्तरण गरेकी छिन्। उनकै