सप्तरीमा आगलागीबाट १२ घर नष्ट

  • मङगलबार २६ जेठ २०८३ १०:३४ AM
सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् । स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिए ।