पुनः संरचनामार्फत औचित्य प्रमाणित गर्न दुग्ध विकास बोर्डलाई मन्त्री चौधरीको निर्देशन

  • मङगलबार २६ जेठ २०८३ ११:०५ AM
काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय दुग्ध विकास बोर्डकी अध्यक्ष गीता चौधरीले बोर्डलाई पुनः संरचना गरी आफ्नो आवश्यकता र औचित्य प्रमाणित गर्न निर्देशन दिएकी छन्। बोर्डको अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि सरकारलाई नीतिगत सुझाव दिने, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा