काठमाडौं । बुद्ध एयरले अवकाश प्राप्त ATR-72 (MSN-535) विमानको फ्युजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ । विमानको फ्युजलेज, विमानस्थलमा हुनसक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका थ्रेट तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्ध गर्न उपयोगी हुनसक्छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका