काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्ञानु पौडेलले आफूहरुको बोल्न पाउने अधिकार कुण्डित गरिएको भन्दै संसद बैठकमा नियमापत्ति गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले विपक्षको लगातारको अवरोधले आफूहरु बोल्नबाट वञ्चित भएको बताइन् । आफूहरु पनि जनताको मुद्धा लिएर सदनमा आएको र बोल्न पाउनुपर्ने उनको माग थियो । ‘हामी पनि जनताको मुद्दा लिएर आएका छौं’,