बाह्र वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

  • मङगलबार २६ जेठ २०८३ ०९:३४ AM
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ । अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ती प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत धुलिखेलमा पठाइएको कार्यालयले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद फैसला सुनाइएका रोशी गाउँपालिका–४ का ३९ वर्षीय होमबहादुर