पर्यटकका आर्कषणमा ऐना पहरा

  • मङगलबार २६ जेठ २०८३ १०:१३ AM
हरिप्रसाद बास्तोला गण्डकी, २६ जेठ । यहाँस्थित तनहुँको ऐना पहरा पर्यटकका लागि आर्कषणको केन्द्रबन्दै गएको छ । पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आर्कषण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ । हालसम्म ७८ हजार ६३३ जनाले टिकट काटेर ऐना पहरा अवलोकन गरिसकेका छन् ।