कांग्रेसले भन्यो- प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेन

  • मङगलबार २६ जेठ २०८३ ०९:५६ AM
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको जारी गतिरोधका लागि प्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाएको छ । मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण उत्पन्न विवादले सदन अवरुद्ध भएको दाबी गरे । उनले प्रधानमन्त्री साहले मुलुकको राष्ट्रियताको विषयमा गम्भीर अभिव्यक्ति दिएको भन्दै त्यसकै कारण प्रतिपक्ष दलहरू एक ठाउँमा