सुधन गुरुङ गृहमा फर्किएकामा गगनको टिप्पणीः झाँक्री पनि आफैँ बोक्सी पनि आफैँ

  • मङगलबार २६ जेठ २०८३ ०९:३३ AM
गोरखा– कांग्रेस सभापति गगनकुमार थापाले सुधन गुरुङ फेरि गृहमन्त्रीको भूमिकामा फर्किएकामा आपत्ति जनाएका छन् । गुरुङको गृह जिल्ला गोरखास्थित काँग्रेस कार्यालयमा मंगलबार भएको कार्यकर्ता भेटमा थापाले सम्पत्तिको श्रोत नखुलेपछि राजीनामा दिएका गुरुङ पुरानै भूमिकामा फर्कनु सामान्य विषय नभएको बताए । सुशासनको नारामा पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाएको रास्वपाले त्यसको जवाफ दिनुपर्ने उनको भनाइ थियो