एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच महिनौँदेखि जारी तनावपछि मध्यपूर्वमा शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । उनका अनुसार पछिल्लो समय पुनः चर्किएको शत्रुता रोकिएसँगै वार्ताकारहरू निर्णायक मोडमा पुगेका हुन् । राष्ट्रपति ट्रम्पले मङ्गलबार पत्रकारहरूसँग कुरा गर्दै इरान र इजरायलबीचको वार्ता अब ‘अन्तिम चरण’ मा प्रवेश गरेको बताए । उनले