जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी १७ दिनपछि पक्राउ

  • मङगलबार २६ जेठ २०८३ ०८:०३ AM
काठमाडौँ : कपिलवस्तु प्रहरीले जबर्जस्ती करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-१० मौजा धनकौली बस्ने ४५ वर्षीय नुर मोहम्मद मुसलमान रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए। उनले यही जेठ ६ गते एक युवतीलाई बलात्कार गरेर फरार रहेका प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। The post जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी १७ दिनपछि पक्राउ appeared first on Kalika Khabar.