काठमाडौं : पेशागत निरन्तरता र स्थायित्वसहित समानताको हक सुनिश्चिततताको माग गर्दै संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको बजेटमा आफूहरुलाई उपेक्षा गरिएको भन्दै संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले समान रुपमा तलव बृद्धि हुनुपर्ने, प्रोत्साहन भक्ता समान ढंगले लागू हुनुपर्ने, महँगी भत्ता तत्काल लागू हुनुपर्ने, सामाजिक सुरक्षा कोषको प्रवन्ध हुनुपर्ने लगायतका माग राखेका छन्