राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

  • मङगलबार २६ जेठ २०८३ ०२:०१ PM
काठमाडौं : राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छलीसम्बन्धमा अर्थमन्त्री डा. वाग्लेको नाम जोडिएकाले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग गरिन्। उनले भनिन्,‘निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भइसकेको छ। छानबिन सम्पन्न नहुँदा आफ्नै विवेक प्रयोग गरेर नैतिकताको दृष्टिकोणले जिम्मेवारीबाट पर रहनुपर्ने हुन्छ।’अघिल्लो सरकार हुँदा सुनपा