रास्वपा सांसदहरुलाई एमालेले भन्योः प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध हामीलाई साथ दिनुस्

  • मङगलबार २६ जेठ २०८३ ०७:५१ AM
काठमाण्डु– एमालेले प्रतिपक्षी दलहरुले सदनमा उठाएको एजेण्डामा साथ दिन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुलाई आग्रह गरेको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै एमाले सांसद क्षितिज थेबेले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिविरुद्ध आफूहरुले सदनमा गरिरहेको विरोधमा साथ दिन रास्वपा सांसदलाई आग्रह गरे । सीमा, राष्ट्रियता र राष्ट्रहीतसँग